बागी उम्मेदवारीहरुको विवरण केन्द्रमा पठाउन काँग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेहरूको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वत पार्टीबाट निस्कासन भएकोसमेत बताएको छ। उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो। विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार