आगलागीमा परि एक वृद्धको मृत्यु

काठमाडौं । पाल्पामा आगलागीमा परि एक वृद्धको ज्यान गएको छ ।आगलागीमा परि रैनादेवी छहरा गाउँपालिका(४ का ७९ वर्षीय मानबहादुर सोमै मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

एक्लै बस्दै आउनुभएका सोमैको घरमा गएराति करिब एक बजेतिर आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोले घर पूरै जलेर नष्ट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार