जिम्बावे ‘ए’ विरुद्ध नेपालको खराब सुरुवात

जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । १० ओभरको खेल सकिँदा नेपालले ५ विकेट गुमाएर ५९ रन बनाएको छ ।

जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । तीन खेलको टी–२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी–२० शृंखलामा दुवैले एक(एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ । कप्तान सन्दिप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दैछन् । यस्तै फास्ट बलरमा सोमपाल कामी र करण केसी नै निरन्तर छन् । अलराउण्डरको रुपमा आदिल अन्सारी छन् ।

ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल मिडल अर्डरमा छन् । विनोद भण्डारी, देव खनाल, विक्रम सोब र किशोर महतो बेन्चमा छन् । सुनिल धमला भने टिम लिस्टमा पनि अटाएका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार