सार्वजनिक स्थानमा राखिएका दलका झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन

काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको उजुरी उपर कारवाही प्रक्रिया अघि बढाएको छ ।

यस्तै, आमसभामा एक जना पत्रकारले सम्बोधन गरेको भन्ने विषयमा निज पत्रकारले पत्रकारको हैसियतले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा आचारसंहिता विपरित समाचार सम्प्रेषण नगरेको र आचारसंहिता परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको कुरालाई मध्येनजर गर्दै निजलाई आचारसंहिता परिपालनामा सजग रहन निर्देशन दिने लगायतको निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार ती कर्मचारीहरुले सो कार्यमा जानी नजानी केही कमजोरी भएको भए सच्याई आचारसंहिताको परिपालनामा पूर्ण प्रतिबद्धता जनाएका छन् । उनीहरुलाई निजहरुलाई कुनै पनि दल र उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार÷प्रसारमा संलग्न नहुन, सामाजिक सञ्जालबाट चुनाव प्रचार सम्बन्धी सामाग्री तत्काल मेटाउन र निजहरुलाई आसन्न स्थानीय तह निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा नखटाउने बैठकले निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार