युरोपा लिगको उपाधिका लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन् ।

बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो । समग्रमा लाइपजित  ३–२ को जित निकाल्न सफल भयो ।

घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि  क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे ।

अर्काे सेमिफाइनल खेलमा फ्रान्कफुर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे छ । फ्रान्कफुर्ट समग्रमा ३–१ ले विजयी भयो । फ्रान्कफुर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे ।

दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार