प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ ।

जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ । वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालले म्यानपावरले माग ल्याउन नसक्दा प्रशिक्षार्थी कामदार पठाउने काम सुस्त भएको बताए । माग ल्याउन नसक्दा सम्झौता भएको करिब २ दशकपछि जापानका विभिन्न क्षेत्रमा प्रशिक्षार्थीको कामदारका रूपमा नेपाली युवालाई पठाएर सीपयुक्त बनाउने योजना अलपत्र परेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार