बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा आज डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार