व्यवसाय प्रवर्धन र वृद्धिका लागि ग्लोबल आईएमईले ऋण उपलब्ध गराउने

ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धमा सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा ऊर्जा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपाल सरकार तथा ऊर्जा केन्द्रबीच भएको सहायक ऋण सम्झौताबमोजिम आयोजना कार्यान्वयनका लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउनेछ ।

उक्त रकम बैंकले १०० केडब्ल्यूपी सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत् वितरण कार्यका लागि ऋणको रूपमा उपलबध गराउनेछ ।

बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नाका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिका लागि सहयोग गर्नेछ भने देशका दुरदराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी  २८८ शाखा, २५२ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार