चिकित्सा शिक्षा स्नातक तहका लागि आयोगले तोक्यो सिट संख्या

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरुको सिट संख्या निर्धारण गरेको छ ।आयोगले विभिन्न ८२ कलेजलाई चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेको हो । आयोगले एमबीबीएसमा १ हजार ८९५, बीएससी नर्सिङमा १ हजार ४६०, बीपीएचमा १ हजार ३५०, बीएनएसमा १ हजार १५०, बीडीएसमा ५६५, बीफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट संख्या निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८र७९ का लागि कलेजहरुको लागि सिट संख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार