पाल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको चरचरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन्।

बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको जीप तिनाउ गाउँपालिका ५ चरचरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।जीप सडकबाट करिब तीन सय मिटर तल खसेको छ।

दुर्घटनामा रामपुर नगरपालिका ३ स्थायी घर भई रामपुर ५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको छ। घाइते हुनेहरुमा गाडी चालक रामपुर नगरपालिका ३ का खेमबहादुर खाम्चा र सोही स्थानका टुकनारायण श्रेष्ठ रहेका छन्। घाइते दुबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार