सुनौलो रंगको कछुवासहित एक जना पक्राउ

काठमाडौं । सुनौलो रंगको कछुवासहित प्रहरीले काठमाडौंको चावहिलबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती छन् । प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसमा कछुवा ‘बिक्री डिल’ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

आशिषले सुनौलो कछुवा बेच्न २० लाखमा डिल गरेको प्रहरीले बताएको छ । आरोपमाथि थप अनुसन्धान र कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीसारमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार