काठमाडाैँकाे मेयरमा सिर्जना सिंहको जित निश्चित छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिका मेयरका उम्मेद्वार केशव स्थापितलाई डेट एक्सपाएर ओखती भएको टिप्पणी गरेका छन् ।अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको उनले बताए ।

उनले भने, ‘उहाँमा डेट एक्सपाएर ओखती हो,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको थिएँ । पछि उहाँ पछि निकालिनुभयो,’ उनले भने ।

त्यस्तै बाबुरामले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको बताए।

‘हामी गठबन्धन मात्रै नभएर गोर्खाको चेलीसमेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार