निर्वाचन आयोगसँग एमाले असन्तुष्ट

नेकपा एमालेले निर्वाचन आयोगको कामलाई लिएर असन्तुष्टि जनाएको छ । बिहीबार पत्रकारहरुसँगको अन्तर्क्रियामा एमाले महासचिव शंकर पोखरेलले आफूहरुले आचारसंहितामा हस्ताक्षर गरेन भनेर प्रचार गरिएको तर अहिले प्रधानमन्त्री र मन्त्रीहरुले नै आचारसंहिता उल्लंघन गर्दा पनि आयोगले केही गर्न नसकेको बताए।

उनले एमालेलाई देशभर ७ ठाउँमा आक्रमण गरिएको भन्दै यी सबै विषयले निर्वाचन कसरी स्वच्छ र निष्पक्ष बन्ला भन्ने प्रश्न गरे।

‘ प्रधानमन्त्री अनि मन्त्रीहरु पार्टीको नेतृत्वको हिसाबले प्रचारप्रसारमा गएका छन्। प्रधानमन्त्री र मन्त्री पार्टीको नेता भनेर चुनाव प्रचारप्रसारमा जान पाउछन्? आचारसंहिता सबैले मान्ने हो भने अहिले किन प्रधानमन्त्री र मन्त्रीहरु प्रचारमा गएकारु सत्ता पक्षले आचारसंहिताको उल्लंघन गरेको छ। यसमा आयोगले किन पत्र नकाटेको ?’ पोखरेलले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार