लुम्बिनी प्रदेशमा थपिएका तीन मन्त्रीहरुले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप भएका तीन मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

बुधबार सपथग्रहण गर्नेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तव रहेका छन् । समारोहमा मुख्यमन्त्री शङ्कर पोखरेल र अन्य मन्त्रीहरुको उपस्थिति थियो ।

मुख्यमन्त्री पोखरेलले तिनै जनालाई मङ्गलबार साँझ मन्त्री नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । उनीहरुको नियुक्तिसँगै लुम्बिनीको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार