काँग्रेसले नजितेका स्थानीय तहमा पैसा पठाउँदैनौं : आरजु

प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने घोषणा गरेकी छिन् । गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै आरजुले काँग्रेस मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी हुन्।

‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं,’ उनले भनिन्, ‘यो कुरा ध्यान दिएर करूवा सरूवा…पार्टीलाई भोट नहाल्नुस्।’

डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
उनले कांग्रेस बिपीका उम्मेदवारलाई भोट नदिन आग्रह गरिन्।कांग्रेस बिपीको चुनाव चिन्ह करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार