काँग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान, प्रहरी चौकी तोडफोड

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका कार्यकर्ताहरूले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन्। उनीहरूले नुवाकोट प्रहरी चौकीमा विहिबार तोडफोड र आक्रमण गरेका हुन् ।

कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेका बताइएको छ । कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेका हुन्। यहाँ कांग्रेस र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।

बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार