गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ : देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए ।

‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ’, देउवाले भने ।

उनले रेनु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार