रेनुले यहाँ जितिसक्नुभएको छ, काँग्रेसले बखेडा गर्नुहुन्न : देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई जिताउन कार्यकर्ता समक्ष आग्रह गरेका छन् ।उनले चुनावका लागि गठबन्धन आवश्यक परेको पनि बताए। उनले राम्रो काम गर्ने रेनुलाई फेरि मेयर जितायो भने अर्कोपटक कांग्रेसले मेयर पाउने पनि बताएका थिए।

आज चितवनमा भएको चुनावी सभामा बोल्दै उनले भने, ‘रेनुले यहाँ जितिसक्नुभएको छ। हाम्रो पार्टीले यहाँ बखेडा गर्नु आवश्यक छैन।’

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने।

उनले रेनु दाहालले पाँच वर्ष मेयर भएर राम्रो काम गरेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार