हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि प्रजातन्त्र पुनः स्थापना भएको हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् । प्रचण्डले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो । त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।

नेपालमा अझै पनि वाम–लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेकोमा दाहालले जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार