सर्वोच्चद्वारा आईजीपी नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ । अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार