रामचन्द्र पौडेलले काँग्रेस नेताको नै आलोचना गरेपछि…

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन् । उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए ।

‘मैले जगन्नाथजीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खोजेको थिएँ । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो’ चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले भने ।

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उनको भनाइ थियो । ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन्, प्रचण्डसँग होइन् । हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो । उनमा देखिएको केपी ओली प्रवृतिसँग हाम्रो प्रतिस्पर्धा हो’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार