म कुनै पार्टीको मान्छे होइन, तर चितवनमा रेनुलाई साथ दिन्छु : कलाकार क्षेत्री

हास्यकलाकार सन्दीप क्षेत्रीले चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेछन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका आकांक्षी रेणु दाहाललाई सचेत गराएका छन्।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गज्जबको छोरी पाएकोमा बधाइ पनि दिए । ‘आदरणीय प्रचण्डलाई म भन्न चाहन्छु, तपाइँले गज्जबको छोरी पाउनुभएको छ। अध्यक्षको हैसियतमा चिन्ता लागे पनि पिताको रुपमा गौरव गर्नुस्,’ उनले भने।

उनले चितवनमा सबै दाजुभाइहरुले दीदी रेणु दाहालबाट धेरै अपेक्षा गरेको बताए। ‘म तपाइँलाई दिदी सम्बोधन गर्न चाहेँ। दिदी सम्बोधन गर्दैगर्दा यहाँका तमाम दाजुभाइहरुले तपाइँबाट धेरै अपेक्षा गरेका छन्। तपाइँलाई जितको लागि यहाँका दाजुभाइहरुको अवश्य सहयोग रहनेछ। तर सचेत पनि गराउन चाहन्छु, तपाइँलाई उनीहरुको श्राप नलागोस्।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार