हामीले कास्टिङ देखाएका छौ, फिल्म बाँकी छ -रेनु दाहाल

भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा थुप्रै गर्व गर्न लायक कामहरु गरेको दाबी गरे छिन् । बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गरेकी हुन् ।

उनले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ति कामहरु कास्टिङ मात्रै भएको बताईन् । ‘हामीले कास्टिङ देखाएका छौ । अब पुरै फिल्म देखाउँछौ’, दाहालको भनाइ छ ।

उनले आफु पुन महानगरको प्रमुखमा विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुरा गर्ने भन्दै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताइन् ।मेयरकी उम्मेदवार समेत रहेकी दाहालले अब साझा मेयर भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

‘सबै जनसमुदायलाई आग्रह गर्दछु – जनताको तीब्र चाहनालाई पूरा गर्नुपर्ने थियो, कोरोनाका विरुद्ध जुध्नुपर्ने थियो, कतिपय अनुभवजन्य कमीकमजोरी भयो होला, यसलाई आत्मसात गरेको छु । सल्लाहसुझाव मैले प्राप्त गरेको छु र कमीकमजोरी दोहोरिन दिने छैन,’ उनले भनिन्, ‘अब सबैको खासगरी ५ दलीय गठबन्धनको साझा भएर काम गर्ने प्रतिबद्धता गर्दछु ।’

निर्वाचन आचारसंहिता लागू भएका कारण जग्गाधनी प्रमाणपुर्जा वितरण कार्य रोकिएको बताउँदै दाहालले निर्वाचन सम्पन्न भएपछि लालपुर्जा वितरण गरिने बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार