म्यारडोनाको जर्सी किर्तिमानी मूल्यमा बिक्रि

काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्यारडोनाले लगाएको जर्सी किर्तिमानी मूल्यमा लिलामी भएको छ । बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो ।

विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही जर्सी लगाएर उनले २ गोल गरेका थिए । दोस्रो हाफको छैटौं मिनेटमा आफूले गरेको गोललाई म्याराडोना आफैंले ‘ह्यान्ड अफ गड’को उपमा दिएका थिए ।

पहिलो गोलको चार मिनेट पश्चात फेरी बल ड्रिबल गर्दै दोस्रो महत्वपूर्ण गोल गरेका थिए । खेलपछि उनको त्यो महत्वपूर्ण जर्सी इङ्ल्यान्डका खेलाडी स्टिभ होजले पाएका थिए ।

होजले इंग्ल्याण्ड फुटबल म्युजियमलाई हस्तान्तरण गरेको जर्सी १९ वर्षपछि लिलामी गरिएको हो ।जर्सी किन्ने व्यक्ति वा संस्थाको नाम गोप्य राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार