कमल थापा एक्लिदैँ, कोषाध्यक्ष गुरुङले पनि छोडे साथ

कामठाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् ।

पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजीनामा दिएका थिए । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक सङ्गठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार