मोरङमा भेटिएकाे शंकास्पद वस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका ११ मा भेटिएको शंकास्पवद वस्तु नक्कली भएको पुष्टि भएको छ ।नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको अनुसन्धानमा त्यो नक्कली तर्साउनको लागि राखिएको प्रहरीले जनाएको छ ।

एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक मकै बारीमा टेपले बाँधेर राखेको र तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार