महिलाहरुलाई अपमान गर्नेलाई भोट दिनु हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिलाको अपमान गर्नेलाई भोट दिन नहुने बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिन आग्रह गरे ।

‘एउटा महिलाद्वेषी, महिलालाई अपमान गर्ने , हेट गर्ने पात्रलाई आज एउटा पार्टीले बोकेको छ । एमालेकै महिलाहरुले पनि काठमाडौं महानगरमा सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान भइसकेको छ । त्यसैले महिलाको अपमान गर्नेलाई मतदान नगरौं’, थापाले भने ।

पाँच वर्ष खेर गएकाले त्यसको जिम्मेवारी एमालेले लिनुका साथै दण्डको भागीदार पनि हुनुपर्ने उनले बताए । २०४८ सालमा गरेको गल्तीका कारण कांग्रेसले २०५१ को निर्वाचनमा मतदाताबाट दण्ड पाएको भन्दै थापाले पाँच वर्ष खेर फालेकामा एमालेले दण्ड पाउनुपर्ने बताए । एमाले निर्वाचित भएको काठमाडौं महानगरपालिकाको पनि पाँच वर्ष खेर गएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार