वृद्धभत्ताको व्यवस्था हामीले गरेको हो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वृद्धभत्ताको व्यवस्था गर्ने पार्टीको उत्तराधिकारी आफ्नो भएको दाबी गरेको छन्।

आसन्न स्थानीय तहको निर्वाचनमा भिडियो सन्देशमार्फत भोट माग्दै उनले ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई आफूहरूले नै स्थापित गरेको दाबी गरेका हुन् ।

भनेका छन्, ‘कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्षभन्दा माथिकालाई गोली हान्छ भनेर विरोधीले प्रचार गर्ने गर्थे। तर, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था गर्‍यौं। त्यो अगाडि सार्ने पार्टीको उत्तराधिकारी हामी हौँ।’

उनले आफूहरुले नै ‘आफ्नो गाउँ, आफैं बनाऔं’को अवधारणा अगाडि सारेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार