घरमा आगलागी हुँदा लाखौ रुपैयाँको क्षति

ताप्लेजुङमा आगलागीबाट लाखौ रुपैयाँको क्षति भएको छ । सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको हो । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्रकला सो घरमा कोठभाडामा बसेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार