उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत

उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ ।

राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले राउतलाई पक्राउ गरेको हो । पक्राउ परेका राउतमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार