गाउँपालिका अध्यक्षका उम्मेदवारलाई प्रतिस्पर्धीले नै लाख रुपैयाँको माला लगाइदिए

हुम्ला । ताँजाकोट गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ ।यो पटक यहाँ रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसैक्रममा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् ।अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार दरका नयाँ नोटले बनेको माला लगाइदिएका हुन् ।

बागी उठेका खड्काले आफ्नो उम्मेदवारी निस्क्रिय गराउँदै चुनावका लागि जम्मा गरेको खर्च जैशीलाई दिएको बताए । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई निर्वाचन कार्यालयले गुलाफको फूल चुनाव चिन्ह दिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएपछि साथी भाइले चुनाव खर्चका लागि भन्दै दिएको रकम जम्मा गरेर जैशीलाई हस्तान्तरण गरेको उनले स्पष्ट पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार