ओखलढुङगाको लिखुमा च्टयाङ लागेर एक जनाको मृत्यु

ओखलढुङगा । लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएकोमा उपचारको देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार