मेयरका स्वतन्त्र उम्मेदवार बुढामगरको उम्मेदवारी फिर्ता

सुर्खेतको भेरी गंगा नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार मानबहादुर बुढामगरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै बुढामगरले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले अब गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन लाग्ने प्रतिवद्धता समेत जनाएका छन् ।

यो नगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेसकै रामबहादुर सिंह मेयर र उपमेयरमा माओवादी केन्द्रका नन्दबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार