कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

गए राति रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन्।

बुधबार तालावाङ बजारमा भएको चुनावी सभा सकेर फर्कने क्रममा उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर डाँगीलाई रड प्रहार गरी घाइते बनाएको स्रोतले बताएको छ ।

कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए। ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उनले भने।

उनलाई उपचारका लागि दाङ लगिएको छ।

आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको माओवादीको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार