माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)

सरकार अल्पमतमा

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बिहान संसद सचिवालयमा पत्र दिँदै माओवादी केन्द्रले सरकारलाई दिएको  समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार