रामचन्द्र पौडेलले भेटे भरतपुर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथलाई

उम्मेदवारी फिर्ता लिन मानेनन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन् ।

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच कुराकानी भएको हो । पौडेललाई भेट्न उनी बसेको होटल सिरागचुलीमा पुगेका जगन्नाथले उम्मेदवारी फिर्ता नलिने अडान भने कायमै राखेका छन् ।

वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए । उनले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको स्रोतले बतायो ।

भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार