विप्लवले गरे चलाउने र लोहनीलाई निलम्बन

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संस्थापन पक्षले असन्तुष्ट पक्षका दुई जना केन्द्रीय सदस्यलाई पार्टीबाट निलम्बन गरेको छ ।

नेकपाको असन्तुष्ट पक्षको चितवनमा बुधबारबाट सुरु भएको राष्ट्रिय भेलाले पार्टी महासचिव ‘विप्लव’लाई महासचिवबाट निष्कासित गरेकै दिन संस्थापन पक्षले पार्टीका केन्द्रीय सदस्य उदय चलाउने ‘दिपक’ र गुणराज लोहनीलाई पार्टीबाट निलम्बन गरेको हो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय चलाउने र लोहनीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको हो ।

यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार