भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न

सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् ।

आजको चुनावीसभालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । अब सभा सोही स्थानमा गर्ने कि अन्यत्र गर्ने भन्नेबारे छलफल भइरहेको चितवन कांग्रेसले जनाएको छ ।

सभापति देउवा भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन हिजै भरतपुर गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार