संसद बैठकअघि सांसदहरुको स्वाब संकलन थालियो

प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । सोही अनुसार आज सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ ।

यही वैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो । आज सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।

यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार