मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो ।

मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो ।

दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले कम्तीमा पनि ४२ हजार रुपैयाँ पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नु पर्नेछ । यसअघि मलेसियामा काम गर्ने साधारण श्रमिकको पारिश्रमिक १ हजार २०० रिंगेट थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार