एमाले उम्मेदवारलाई एकीकृत समाजवादीका उम्मेदवारको समर्थन

धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।

सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव उम्मेदवार छन् ।

आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गरेका हुन् । ‘जसले मलाई उम्मेदवार बनाए, उनीहरुले नै आफ्नो घरमा फर्किन आग्रह गरेपछि आफ्नै घरमा फर्किएका हौं’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार