कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

सुर्खेतको कुशे गाउँपालिका ९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा बढी कार्यकर्ताहरूको बीचमा बुधबार दिउँसो पौने २ बजे झडप भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपलाई कम गर्न खोज्दा प्रहरीमाथि नै ढुंगामुढा भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी कांग्रेसका कुशे ९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको प्रशासनले जनाएको छ । स्थिति सामान्य बनाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार