अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
छायानाथ रारा–२ को अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणका क्रममा रकम विनियोजन गरी अनियमितता गरेको आरोपमा प्रशासकीय अधिकृत पिताम्बर सारु, असिस्टेन्ट सब इञ्जिनियर हस्तबहादुर मल्ल, इन्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
उनीहरूले २९ लाख ७७ हजार ८२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।