पुल्चोकबाट दुई वर्षपछि अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरू गरिएको छ ।रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बुधबारदेखि पुल्चोकबाट तान्‍न सुरु गरिएको हो ।पुल्चचोकबाट रथलाई तानेर गाबाहाल पुर्‍याइएको छ ।नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। भोलि गाबहालमा भुजा जात्रा गरेपछि साँझ तानेर मंगलबजार पुर्‍याइनेछ।

गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो।यसपटक भने रथलाई पुरै नगर परिक्रमा गराएर भोटोजात्रापछि मात्रै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार