चुनावी गठबन्धन हाम्रो इच्छा होइन, बाध्यता हाे : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पाँच दली गठबन्धन बाध्यता भएको बताएका छन् । संखुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले संघीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताए हुन् । उनले पाँच दलीय गठबन्धन आफूहरुको कामनाले इच्छाले गरिएको गठबन्धन नभएको बताए।

उनले भने नेपालमा ६ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न र त्यसबेलाको माग बमोजिम पाँचदलीय गठबन्धन गरिएको हो। नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको बताए।

मादी नरपालिकामा मेयरमा नेकपा माओवादी केन्द्रका दावा क्षेत्री शेर्पा र उपमेयरमा नेपाली कांग्रेसका पासाङ शेर्पाले उम्मेद्वारी दिएका छन्। त्यसैगरी एमालेबाट मेयरमा जीवन लिंथेप र उपमेयरमा शुनिता दाहालले उम्मेद्वारी दिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार