जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो गएको छ । पहिरोमा पुरिएर दुई जना बालकको मृत्यु भएको छ । तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश रावतलको मृत्यु भएको हो ।
घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट सुख्खा पहिरो खसेको थियो । दुवै जना बालक घरको जग खनिरहेको स्थान नजिकै खेली रहेको अवस्थामा पहिरो खसेको प्रहरीले बताएको छ। मृतक बालक शिशिर रणबहादुरका छोरा हुन् भने अर्का बालक हिमीश बोहोराका नातेदारको छोरा हुन् । पहिरोमा परेर रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा पनि घाइते भएकी छन् ।