लागुऔषधसहित दुई युवा पक्राउ

मोरङ बाट प्रहरीले लागुऔषधी सहित दुई जनालाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले नाइट्रोभेट ट्याब्लेट १० पत्ता र २४ बोतल स्कुफडिएक्ससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार पन्जियार र भारतमा घर बताउने २५ वर्षीय विकास मण्डल छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार