भारतसँगका सीमा नाका तीन दिन बन्द हुने

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका तीन दिन बन्द हुने भएका छन् । वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको छ ।

चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा गस्ती बढाएर निगरानी गर्ने निर्णय भएको छ ।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षा अधिकारीहरुको पनि सहयोग आवश्यक रहेकाले बैठक आयोजना गरिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार