काभ्रेमा भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काभ्रेमा भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। आज दिउँसो काभ्रेमा भारतीय नम्बर प्लेटको यात्रुबहाक गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको जिप ठक्कर खाँदा दुर्घटना भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा दुर्घटनाबारे छानिबन गर्न प्रहरी नायब उपरीक्षक हरि खड्काको नेतृत्वमा समिति गठन गरिएको हो।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन्।
गृहमन्त्री खाणले दुर्घटनाका घाइतेलाई उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्। दुर्घटनाका घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालाबेशीमा भारतीय पर्यटक बोकेको गाडी र जिप आज ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए। मृत्यु भएका सबै यात्रु नेपाली नागरिक हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार