कोरोना संक्रमणबाट एक जनाको मृत्यु

मुलुकभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार २ हजार ३७३ पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१७ पुगेको छ ।

यसैगरी, बुधवार १९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ७१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार